नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (शुक्रबार)बिहान ११ बजेबाट लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने, ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने र विधेयक आजै पारित गर्ने कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल