नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान दाहाल निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । त्यस्तै भेटमा नागरिकता विधेयक, निर्वाचन मिति घोषणालगायत विषयमा कुराकानी भएको छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउँदै आएका छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अध्यक्ष प्रचण्डसँग निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । यसअघि गृहमन्त्री खाँणले बिहीबार सभामुख कृष्णबहादुर महरासँग पनि भेट गरेका थिए ।