यसरी पहिचान गरे सांसद महतले ‘एम अधिकारी’लाई

सांसद गजेन्द्र महतले ‘एम अधिकारी’ गभर्नर महाप्रसाद अधिकारी नै रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको संसदको शून्य समयमा बोल्दै महतले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी नै भएको बताएका हुन् ।

सांसद महतले केही समय पहिले सिसिटिभी फुटेज तथा एम अधिकारीका बारेमा सदनमा आवाज उठेको र सिसिटिभी फुजेट खोज्न समिति बने पनि एम अधिकारी खोजी नभएको बताए । उनले आफूले खोजतलास गरेर एम अधिकारीको पहिचान गरेको बताए ।



एम अधिकारीबारे कसैले खोजीमा चासो नदेखाएपछि आफूले खोजेको उनको भनाइ छ । उनले एम अधिकारीको व्यङ्यात्मकअर्थ लगाउँदै भने, ‘एम’ भनेको ‘मनी’ र अधिकारी भनेको ‘अधिकार’ भएको मान्छे को रैछ त भनेर हेर्दा तिनी गभर्नर रैछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रैछ ।’

उनले एम अधिकारीको विषयमा परिवार, पार्टी र संसदले समेत खोजतलास नगरेपछि आफूले लामो अध्ययन र अनुसन्धान गरेर एम अधिकारीको पहिचान गरे बताए । त्यस्तै उनले एम अधिकारी गभर्नर नै भएको भन्दै कारबाहीको लागि सभामुखसँग माग गरे ।

सम्बन्धित समाचार