नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।
भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । आज (आइतबार) भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल भारतलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने योजनाका साथ् मैदान उत्रदैछ तरभारतविरुद्ध नेपाललाई जित निकाल्न भने त्यतै सहज छैन । यता भारत पनि नेपाललाई पराजित गर्ने प्रतियोगितामा दोस्रो जित निकाल्ने सुरमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने २ खेलमा ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । साफ यू-२० च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।