नेकपाले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर बस्दैनौँ भनेपछि… (विज्ञप्तिसहित)

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । आज (सोमबार) नेकपाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकार र राज्यले आज घटाएको घटना रोकेर तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो ।



‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ ‘ पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेकपाले सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम रहेको बताएको छ । प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले विप्लवसहितक नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लवबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएको थियो । सहमतिमा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका कैदीबन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्ने रहेको थियो ।

विज्ञप्ति :

नेकपा सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर बस्दैनौँ भनेपछि (विज्ञप्तिसहित)

सम्बन्धित समाचार