नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (मंगलबार)दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
आजको बैठकमा विभिन्न विधेयकमा छलफल हुनेछ । बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कार्यसूची :