प्रा. डा. प्याकुरेल दक्षिण कोरियाका लागि राजदूत नियुक्त (विज्ञप्तिसहित)

दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रा. डा. प्याकुरेललाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले प्रा. डा.प्याकुरेललाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।



राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा.प्याकुरेललाई दक्षिण कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकर, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. ज्योति प्याकुरेल (भण्डारी)लाई संघीय गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

 

सम्बन्धित समाचार