नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेपाल सरकारले मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचन मङ्सिर ४ मा गर्ने सहमति भएको थियो ।
निर्वाचन आयोगले मङ्सिर २ गते चुनाव गर्न परामर्श दिएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय तथा प्रदेशसभा निर्वाचन ४ मङ्सिरमा गर्ने तयारी गरेका हुन् ।