नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज (शुक्रबार)प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बसेको हो । बैठकमा चुनावी तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ ।
बैठकमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।