नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
सत्ता गठबन्धनको बैठकले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षताम बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सात गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भएको उल्लेख छ ।
त्यस्तै बैठकले गठबन्धनले भदौ पहिलो साताभित्र १६५ निर्वाचन क्षेत्रको भागबण्डा मिलाउने निर्णय पनि गरेको छ । गठबन्धनको बैठकमा कार्यदलमार्फत सिटको भागबण्डा मिलाउन दलहरु सहमत भएका छन् । यस्तै सिट बाँडफाँड टुङ्ग्याउन सबै दलको प्रतिनिधित्व हुने गरी गृहकार्य गर्न कार्यदलसमेत बनेको बालुवाटार स्रोतले बतायो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बसेको थियो । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।
विज्ञप्ति :