नवकान्तिपुर संवाददाता
काठमाडौं, २० साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४९१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३७० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७१ हजार ६२० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० रहेको छ । जसमध्ये ५ हजार ५८७ जना होम आइसोलेसनमा छन् भने १७३ जना संस्थागत आइसोलेसन ४२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ८९ हजार ३५० र एन्टिजेन विधिबाट १ लाख ४४ हजार १७५ जना पुगेको छ ।