नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४७० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६८६ रहेको छ । जसमध्ये ५ हजार ५०९ जना होम आइसोलेसनमा छन् भने १७७ जना संस्थागत आइसोलेसन ४७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९० हजार ६२५ र एन्टिजेन विधिबाट १ लाख ४५ हजार ४७ जना पुगेको छ ।