नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
केन्याविरुद्धको टी-२० र एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले १६ खेलाडीसहितको नेपाली टोली घोषणा गरेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेको टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल टोलीमा समेटिएका छैनन् । त्यस्तै युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
केन्यामा हुने एकदिवसिय र टी-२० सिरिज अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म चल्नेछ । नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपालले पहिला टी-२० सिरिज खेल्नेछ । नेपालले पहिलो टी-२० खेल अगस्ट २५ मा, दोस्रो अगस्त २६ मा, तेस्रो अगस्त २८ मा, चौथों अगस्त २९ मा र पाँचौं तथा अन्तिम टी-२० खेल अगस्त ३० मा खेल्ने तालिका रहेको छ । यस्तै नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय सेप्टेम्बर २ मा, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा खेल्नेछ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ । प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आउने क्यानले जनाएको छ ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान)
दिपेन्द्रसिंह ऐरी
आरिफ शेख
आसिफ सेख
रोहित पौडेल
ज्ञानेन्द्र मल्ल
करण केसी
सोमपाल कामी
देव खनाल
किशोर महतो
अदिल अन्सारी
पवन सरार्फ
बासिर अहमद
अर्जुन साउद
साहब आलम
विवेक यादव
वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया
भिम सार्की
प्रतिष जिसी
हरिशंकर शाह
खेल तालिका –