कोरोनाका कारण ५ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ५३४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ५ जनको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४७६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७४ हजार २९५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ रहेको छ । जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा छन् भने १९२ जना संस्थागत आइसोलेसनमा, ६० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९२ हजार १४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २९९ जना पुगेको छ ।

सम्बन्धित समाचार