चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार बोर्डका अध्यक्ष केसीविरुद्ध रिट दर्ता भएको हो ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । बोर्डका अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको, यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।



सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीविरुद्ध रिट दर्ता भएको जानकारी दिए । गत साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चलचित्र बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त रिटमाथि साउन ३० गते सोमबार पेसी
तोकिएको छ ।

सम्बन्धित समाचार