नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ७१२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५११ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७४ हजार ८०६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ रहेको छ । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा छन् भने २१० जना संस्थागत आइसोलेसनमा, ६३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९२ हजार ५६५ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार ६६१ जना पुगेको छ ।