नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार १६५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ३९९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना र १ हजार ७६६ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७५ हजार ३०७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ४३४ रहेको छ । जसमध्ये ५ हजार २२८ जना होम आइसोलेसनमा छन् भने २९६ जना संस्थागत आइसोलेसनमा, ६१ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९२ हजार ७२७ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार ७६२ जना पुगेको छ ।