म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

म्यानचेस्टर सिटीको लगातार दोस्रो जित



सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले समान १-१ गोल गरे भने बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गर्दै सिटीलाई उपहार गोल दिएका थिए । खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ३१ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । यस्तै खेलको ३७ औं मिनेटमा फोडेनले गोल मार्फत सिटी ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा बर्नेमाउथका लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को सहज जित हात पार्यो । जितसँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । सिटी २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने २ खेलमा ३ अंक जोडेको बर्नेमाउथ १० औं स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

त्यसैगरी शनिबार नै भएको अन्य खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्दा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले हराएको छ । यसैगरी न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दा फुलह्याम र वुल्भसले पनि गोलरहित बराबरी खेले । यता साउथ हेम्टन र लिड्स युनाईटेडले २-२ गोलको बराबरी खेल्दा म्यानचेस्टर युनाईटेड ब्रेन्टफोर्डसँग ४-० ले स्तब्ध हुन पुग्यो ।

म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

 

सम्बन्धित समाचार