कोरोनाका कारण १ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार ७३७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४७४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ रहेको छ । जसमध्‍ये ५ हजार १८८ जना होम आइसोलेसनमा छन् भने १९९ जना संस्थागत आइसोलेसनमा, ६४ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९३ हजार ४५९ र एन्टिजेन विधिबाट १ लाख ४७ हजार ३७३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार