प्रतिनिधिसभा बैठक – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) संघीय संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । उक्त पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।



त्यसति बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार -House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार