यी हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका १० महिला (विज्ञप्तिसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । मंगलबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

मनोनयन हुनेहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ) रहेका छन्।



त्यस्तै गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) लाई पार्टी केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान छ ।

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार