नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदौ ।
अफगानिस्तानविरुद्धको पाँच खेलको टी-२० सिरिज घरेलु टोली आयरल्याण्डले जितेको छ । बुधबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
आयरल्याण्डको बेलफास्टमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाउँदै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि केही समयपछि वर्षा रोकिएपछि खेल ७ ओभरमा घटाईएको थियो । अफगानिस्तानको लागि उस्मान घानी ४४ र अजमतुल्लाह उमरजाई १५ रनमा अविजित रहे । आयरल्याण्डका लागि मार्क अडिरले ३ विकेट लिए भने जोस लिटिलको भागमा २ विकेट रह्यो ।
त्यसपछि डिएल मेथड अनुसार घरेलु टोली आयरल्याण्डले ७ ओभरमा ५६ रनको लक्ष्य पायो । अफगानिस्तानले दिएको लक्ष्य लिएर मैदान उत्रेको घरेलु टोलीले ६ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि पउल स्टर्लिङले १६ रन बनाए भने लुर्केन टुर्केरले १४ रन जोडे । यस्तै ह्यारी टेक्टर ९ र जर्जी ड्याकरोल ७ रनमा अविजित रहे । अफगानिस्तानको लागि मुजिब उर रहमानले २ विकेट लिए भने राशिद खानको भागमा १ विकेट रह्यो ।