भीम रावलले संसदमा कविता सुनाएपछि…

नेकपा एमालेका सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले कविता सुनाएका हुन् ।

उनको कविता यस्तो छ :



देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ
नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको भन्दै विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे । संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए ।

त्यस्तै बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा व्यक्त गरेका छन् । यस्तै नागरिकता विधेयक पुनर्विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको बिहीवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

सम्बन्धित समाचार