आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ९४५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४८७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७७ हजार ८४५ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २४ रहेको छ । जसमध्‍ये ४ हजार ८३४ जना होम आइसोलेसनमा छन् भने १९० जना संस्थागत आइसोलेसनमा, ४९ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९४ हजार ८५९ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ८३८ जना पुगेको छ ।

 

सम्बन्धित समाचार