नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ भदौ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पतालमा पुगेका छन् । शनिबार प्रचण्ड कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा पुगेका हुन् ।
अस्पताल पुगेर प्रचण्डले कांग्रेस नेता गिरीको स्वास्थ्य लाभको कामना गरेका छन् । चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । घाँटीको क्यान्सर रोगबाट पीडित नेता गिरीको मेडिसिटी अस्पालमा उपचार भइरहेको छ ।
गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था गम्भीर बन्दै गएकाे चिकित्सकले बताएका छन् ।