कोरोनाका कारण २ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ३३७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६७० जनाको पीसीआर परीक्षण गर्दा १८० जना र २ हजार ६६७ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७८ हजार ४२२ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ६२५ रहेको छ । जसमध्‍ये ४ हजार ४१६ जना होम आइसोलेसनमा छन् भने २०९ जना संस्थागत आइसोलेसनमा, ५३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९५ हजार ३९ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ९५७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार