राष्ट्रपति भण्डारीद्वारा यी दुई विधेयक प्रमाणीकरण (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका ‘नेपाल इञ्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

विज्ञप्ति :

विज्ञप्ति :

 

सम्बन्धित समाचार