प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार पशुपति आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति आर्यघाट लगिएको थियो । आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पार्टीका पदाधिकारी तथा सदस्य र अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएका थिए ।



प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि

क्यान्सर रोगबाट पीडित गिरीको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा शनिबार राति ९ः३० बजे निधन भएको थियो । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका छन् ।

 

सम्बन्धित समाचार