प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा नेता गिरीको निधनप्रति शोक प्रस्ताव पारित

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो हो ।

बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । यसैगरी राष्ट्रिय सभाको बैठकले पनि सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सिरहाको बस्तीपुरमा जन्मिनुका प्रतिनिधिसभा सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएको थियो ।



गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहाबाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे र राष्ट्रिय सभाको बैठक भदौ १२ गते अपराह्न १ बजे बस्ने गरी बोलाइएको छ ।

सम्बन्धित समाचार