कोरोनाका कारण १ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ९४९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४१७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७९ हजार ७७४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या चार हजार २२१ रहेको छ । जसमध्‍ये ४ हजार ४४ जना होम आइसोलेसनमा छन् भने १७७ जना संस्थागत आइसोलेसनमा, ५२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९५ हजार ९८९ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ५८५ जना पुगेको छ ।

 

सम्बन्धित समाचार