कार्यदलको बैठकमा सिट बाँडफाँटमा दलहरुको आ-आफ्नै दाबी, कसले कति सिट मागे ?

आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धन आवद्ध पाँच दलले आ-आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

बैठकमा नपाली काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट र माओवादीले ६० दाबी गरेको छ । त्यस्तै एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । सिट बाँडफाँटको विषयमा दलहरुको आ-आफ्नो दाबी गरेको यस विषयमा थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइने एक नेताले जानकरी दिए ।



बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । यसअघि बिहिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई १६५ निर्वाचन क्षेत्रकै प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । कार्यदलको बैठक आज दिउँसो ४ बजे पुन: बस्दैछ ।

सम्बन्धित समाचार