माओवादी केन्द्रले यी दुई मन्त्रीलाई फिर्ता बोलायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको हो ।

माओवादी केन्द्रले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको जनाएको छ । उनीहरुको स्थानमा जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई कर्णाली प्रदेश सरकारमा पठाउने तयारी गरेको हो ।



प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको बताइन् । ‘सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि नाम सिफारिस गरेका छौं ’ केसीले भनिन्।

माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा ११ सांसद रहेका छन् । कर्णाली प्रदेशसभामा माओवादीबाट एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन् ।

 

सम्बन्धित समाचार