नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएको बैठकमा ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको मत बढाउन ६ रणनीति प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि निर्देशन दिएका छन् । अध्यक्ष ओलीले स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको समीक्षा गर्ने बताएका छन् ।
त्यस्तै ओलीले बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको बताएका छन् । यस्ता छन् चुनावमा मत बढाउन यस्ता छन् ओलीका ६ रणनीति :
मतबृद्धिका लागि
मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको कान्तिपध्यानाकर्षण पहल गर्ने
आम जनसमुदायमा पार्टीका नीति र अजेन्डाको व्यापक प्रचार गर्ने
एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने
आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने
हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई बृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने ।
नयाँ पुस्तामा विशेष ध्यान दिने