शशांकले कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्छ भनेपछि…

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले निर्वाचनमा स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए । उनले भने, ‘स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।’ त्यस्तै उनले कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने दाबी गरे ।



गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए । निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे ।

सम्बन्धित समाचार