आज कति संक्रमित थपिए, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ८३९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६४३ जनाको पीसीआर परीक्षण गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९९९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३९६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८१ हजार ५९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ६१२ रहेको छ । जसमध्‍ये ३ हजार ४३२ जना होम आइसोलेसनमा छन् भने १८० जना संस्थागत आइसोलेसनमा, ४३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९६ हजार ६७० र एन्टिजेन विधिबाट १ लाख ५० हजार ३३२ जना पुगेको छ ।

सम्बन्धित समाचार