नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ८३३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८१ हजार ५२१ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या तीन हजार ३१३ रहेको छ । जसमध्ये ३ हजार १५१ जना होम आइसोलेसनमा छन् भने १६२ जना संस्थागत आइसोलेसनमा, ४४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९६ हजार ८३४ र एन्टिजेन विधिबाट १ लाख ५० हजार ३७० जना पुगेको छ ।