नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले झापाको क्षेत्र नं १ बाट महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गरेको छ । आज (बिहीबार) बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
झापा १ मा प्रतिनिधिसभाको निर्वाचनको लागि महामन्त्री शर्मा बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।
यसअघिको २०७० र २०७४ मा पनि प्रतिनिधिसभाको निर्वाचनमा पनि शर्मा झापा १ बाट निर्वाचन लडेका थिए ।