कोरोनाका कारण ३ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ८६९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३९८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८२ हजार ७६४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ८९१ रहेको छ । जसमध्‍ये २ हजार ७३५ जना होम आइसोलेसनमा छन् भने १५६ जना संस्थागत आइसोलेसनमा, ४१ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९७ हजार ६६० र एन्टिजेन विधिबाट १ लाख ५० हजार ७७३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार