राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

लिङ्देनले चुनाव घोषणा भइसकेपछि पनि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै आफूले राजीनामाको घोषणा गरेको बताए । ‘संसदको आयु मंसिर ४ गते पछि पनि निरन्तर राख्ने भन्ने निर्णय प्रक्रिया भएका छन् । त्यसले मलाई असाध्यै लज्जित, दुखित तुल्यायो । त्यसैले म राजीनामा घोषणा गर्न चाहन्छु’ लिङदेनले भने, अबबाट यहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखि दिन पनि तयार छु ।’



निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको भन्दै लिङ्देनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने बताए ।

सम्बन्धित समाचार