नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ५८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २०६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८३ हजार ५३९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ रहेको छ । जसमध्ये २ हजार ३१२ जना होम आइसोलेसनमा छन् भने १३२ जना संस्थागत आइसोलेसनमा, ३८ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९७ हजार ८८० र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ६ जना पुगेको छ ।