सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै, टुंगो लाग्ला त सिट बाँडफाँटको विषय ?

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्दैछ । आज (मंगलबार) साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा सिट बाँडफाँटको विषयमा टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ । सत्ता गठबन्धन आवद्ध पाँच दलले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । उक्त विषय टुङ्ग्याउनको लागि आजको बैठक बस्न लागेको हो । यसअघि सोमबार बसेको कार्यदलको बैठकले आगामी चुनावका लागि २ दिन भित्र सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुंगो लगाउने गरी छलफल भएको थियो ।



त्यस्तै हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको कार्यदलका सदस्यम एवं सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका जानकारी दिए । संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले बताए । सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुंगो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक निरन्तर बस्दै आएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट र माओवादीले ६० दाबी गर्दा एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गर्दै आएका छन् ।

 

सम्बन्धित समाचार