आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ३०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ५९० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १२४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८३ हजार ७०३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको छ । जसमध्‍ये २ हजार ३०८ जना होम आइसोलेसनमा छन् भने १४९ जना संस्थागत आइसोलेसनमा, ३५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार १६७ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार १२९ जना पुगेको छ ।

 

 

सम्बन्धित समाचार