नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
आजको बैठकमा भीम बहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
भिडियो –
भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल