कोरोनाका कारण २ जनाको मृत्यु, आज कति संक्रमित थपिए ?

पछिल्लो चौबीस घण्टामा नेपालमा २३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ८३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९५६ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८३ हजार ७८१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ५०५ रहेको छ । जसमध्‍ये २ हजार ३८० जना होम आइसोलेसनमा छन् भने १२५ जना संस्थागत आइसोलेसनमा, ३२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार २९५ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार २३१ जना पुगेको छ ।

सम्बन्धित समाचार