पूर्वराष्ट्रपतिले कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ भनेपछि…

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा.यादवले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरू नरहेको उल्लेख गर्दै यादवले अहिले टिकट किन्नेलाई कांग्रेसी भन्ने गरिएको बताए । ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको, पालिकाको टिकट बिक्री भएको छ । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ’ पूर्व राष्ट्रपति यादवले भने ।



उनले बीपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकर्ता र नेतालाई नरहेको स्पष्ट पार्दै कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको बताए । उनले भने, ‘बीपीको जेल डायरी, बीपीको आत्मवृतान्त, बीपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन। सोझै कांग्रेस छिर्छन्। किनकि, टिकट किन्नेलाई कांग्रेसी भनेको छ ।’

सम्बन्धित समाचार