नेवारी संस्करणको दया फाउन्डेसन कल्चरल भिडियो कन्टेस्ट उद्घाटन

दया फाउन्डेसनले नेवारी परम्परा, संस्कृति, मूल्यमान्यतामा आधारित विषयवस्तुहरू झल्काउने सम्बन्धी कल्चरल भिडियो कन्टेस्टको घोषणा गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गरेको विज्ञप्तिमा उल्लेख छ ।

ईन्द्र जात्राको अवसरमा सुरू गरिएको यस प्रतियोगिताका प्रतियोगीहरूले ३ मिनेटसम्मको उल्लेखित विषयवस्तुमा आधारित भिडियो बनाई प्रस्तुत गर्नुपर्ने छ । उक्त्त प्रतियोगिताको पहिलो चरणमा २०७९ आश्विन १५ गते शनिबारका दिन बेलुकी ६ बजे जुम मिटिङमार्फत प्रतियोगीहरूको छनौट गरिनेछ र पहिलो चरणमा छनौट भएका प्रतियोगीहरूहरूले पौष १६ गतेभित्र आफूले तयार गरेको भिडियो दया फाउण्डेसनको ईमेल culturalvideocontest@gmail.com मा पठाइसक्नुपर्ने फाउण्डेशनबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।



उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत दया फाउण्डेशनका अध्यक्ष राजेशबहादुर प्रधान, काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा न २२ का अध्यक्ष चिनीकाजी महर्जन तथा विभिन्न नेवारी समाजका अध्यक्षहरू लगायत सो क्षेत्रका स्थानियको वाक्लो उपस्थिति थियो ।

यस प्रतियोगिताको विजेताको घोषणा २०७९ माघ १ गतेका दिन गरिनेछ ।

सम्बन्धित समाचार