नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २९४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार १८६ जनाको पीसीआर परीक्षण गर्दा ११० जना र २ हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार ८२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ । जसमध्ये २ हजार ३५९ जना होम आइसोलेसनमा छन् भने ८९ जना संस्थागत आइसोलेसनमा, १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ५४२ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ३६३ जना पुगेको छ ।