नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (शनिबार) को लागि बोलाइएको बैठक संसद्को सचिवालयले एक सूचना जारी गर्दै स्थगित भएको जनाएको हो ।
संसद्को सचिवालयले प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते बस्ने जनाएको छ । सङ्घीय संसद्का सचिव गोपालनाथ योगीले बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ २९ गतेका लागि निर्धारण गरेको सूचनामा उल्लेख छ ।
शनिबारका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचना :