आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ३ हजार ७४६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ जना र २ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८४ हजार २१२ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको छ । जसमध्‍ये २ हजार ३४६ जना होम आइसोलेसनमा छन् भने ८४ जना संस्थागत आइसोलेसनमा, १७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ९८ हजार ६५४ र एन्टिजेन विधिबाट १ लाख ५१ हजार ४१४ जना पुगेको छ ।

 

सम्बन्धित समाचार