सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनले पुन: भोलि (सोमबार) बिहान ८ बजे बैठक बस्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार बसेको गठबन्धनको बैठकमा पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति हुन सकेन । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । बैठकमा सिट बाँडफाँटको विषयमा निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको खनालले बताए ।



त्यस्तै खनालले अधिंकाश विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने बताए । ‘अधिंकाश विषयका बारेमा भोलि बिहान बस्ने बैठकमा टुंगो लाग्छ’ खनालले भने । यसअघि शनिबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

सम्बन्धित समाचार